स्वास्थ्य स्वंसेविकाको सेवा, स्वस्थ समाजको लागि टेवा’ भन्ने नाराका साथ आज छैठौं स्वास्थ्य स्वंसेविका दिवस देशभर मनाईंदैछ । महिला स्वास्थ्य स्वंसेविकाले स्वास्थ्यक्षेत्रमा पुर्याएको योगदानको मुल्याङ्कन गरी उनीहरुलाई सम्मान र थप प्रोत्साहन दिन विभिन्न कार्यक्रम गरि यो दिवस मनाईंदै आएको छ ।
दिवसको अवसरमा एक सन्देश दिँदै स्वास्थ्यमन्त्री उमाकान्त चौधरीले महिला स्वास्थ्य स्वंसेविकाको सेवाले समुदायको स्वास्थ्यस्थिति सुधार्न उल्लेखनीय योगदान पुगेको भन्दै उनीहरुको प्रशंसा गर्नुभएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ४८ हजार ५ सय ४९ महिला स्वास्थ्य स्वंसेविकाहरु कार्यरत छन् । उनीहरुको हितका लागि प्रत्येक गाविसमा ५० हजारको कोष स्थापना गरिएको र यस आर्थिक वर्षमा थप १० हजार रुपैयाँ विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment