Saturday, December 5, 2009

पूर्वराजा ज्ञानेन्द्र भारत जाँदै

पारिवारिक बिबाह समारोहमा भाग लिन पूर्व राजा ज्ञानेन्द्र शाह आज भारत जादै हुनुहुन्छ ।
फुपुकी छोरीको उडिसामा हुने बिबाह समारोहमा भाग लिन उहाँ आज नयाँ दिल्ली जान लाग्नुभएको हो । नयाँ दिल्लीको तीन दिने बसाईमा त्यहाँका राजनीतिक नेताहरुसंग पनि भेटवार्ता हुने बताइएको छ ।
उहाँ अपरान्ह ३ बजेको उडानबाट दिल्ली प्रस्थान गर्न लाग्नुभएको हो । करिव तीन हप्ता लामो भारत भ्रमणपछि शाह युरोप जाने तयारीमा रहेको बिश्वस्त स्रोतले बताएका छन् ।

source : onlinekhabar.com

बन्दले मुलुकभरको जनजीवन प्रभावित/धनकुटामा सवारी साधनमा तोडफोड

कैलालीमा सुकुम्बासीसंग सरकारले ज्यादती गरेको भन्दै माओवादीले आइतबार आव्हान गरेको नेपाल बन्दका कारण मुलुक भरको जनजीवन प्रभावित बनेको छ । बन्दका क्रममा माओवादी कार्यकर्ताहरुले धनकुटामा ६ वटा सवारी साधनमा तोडफोड गरेका छन् । राजमार्गहरुमा यातायात संचालनमा आएको छैन । प्रमुख सहरका बजारहरु बन्द रहेको छ । राजधानीमा बिहानै देखि पूर्ण रुपमा यातायात ठप्प छ । विभिन्न स्थानमा माओवादी कार्यकर्ताहरु जम्मा भएर सवारी साधान संचालनमा रोक लगाएका छन् । बिहान साढे ८ बजेसम्म उपत्यकामा कुनै अप्रीय घटना नभएको प्रहरी कन्ट्रोलले जनाएको छ । कैलालीको डडुझारीमा वनक्षेत्र कब्जा गरी बसेका सुकुम्बासी हटाउने क्रममा भएको झडपमा एक जना प्रहरी सहित ५ जनाको मृत्यु भएको पुष्टि भएको छ । माओवादीले भने आफ्ना ६ जना कार्यकर्ताको मृत्यु भएको दावी गरेको छ । माओवादीले मृतकहरुलाई सहिद घोषणा घाइतेहरुको उचित उपचार तथा गृहमन्त्री भीम रावलको राजीनामा माग गर्दै बन्द आव्हान गरेको हो । पोखरामा विहानैदेखि पुरै बजार बन्द भएको छ भने सडकमा कुनै पनि सवारी साधन चलेका छैनन । उद्योगधन्दा, ब्यापार, ब्यावसाय र शैक्षिक संस्था पनि पुरै प्रभावित भएका छन । स्थानीय प्रशासनले बजारमा नेपाल प्रहरी र सशस्त्र साढे ६ सय प्रहरी परिचालन गरेको छ । माओवादी कार्यकर्ताहरु सबेरैदेखि शहरका चोक चोकमा बसेर बन्द गराएका थिए । बन्दका कारण पृथ्वी, सिद्धार्थ, पोखरा बागलुङ राजमार्ग तथा ग्रामीण सडकमा पनि सवारी चलेका छैनन । प्रहरीले अखिल क्रान्तिकारीका कार्यकर्ता विनोद लामिछानेलाई विहानै पक्राउ गरी एक घन्टापछि छाडेको थियो । नुवाकोटमा बन्दका कारण पासाङ ल्हामुमार्गमा विहानै देखी सवारीसाधन चलेका छैनन् भने वन्द सफल पार्न माओवादी जुलुस विहानै देखी वजार वन्द गर्न हिडेका थिए । वन्दले सार्वजिनक तथा निजी विद्यालय देखी घरेलु उद्योग समेत वन्द भएका छन् । बन्दका कारण सवारी साधन नचल्दा सरकारी कार्यालय खुलेपनी सुनसान देखिएको छ । वन्द सफल पार्न माओवादीले सदरमुकाम विदुर र आसपासका वजार क्षेत्रको चोकचोकमा कोणसभा समेत गरेका छन् । बन्दका कारण पश्चिमाञ्चलको प्रमुख बजार बुटवल र आसपासको क्षेत्रमा पूर्ण प्रभाव परेको छ । बन्दका कारण बुटवल भएर चल्ने तथा बुटवलबाट छुट्ने पुर्वपश्चिम र सिद्धार्थ लोकमार्गमा सवारीका साधन ठप्प छन् । बिहान सबेरै देखि माओवादी कार्यकर्ताहरुले सडकको चोकचोकमा लाठा र झण्डा सहित गरेको प्रद्धर्शनका कारण भित्री तथा हुलाकी सडकखण्डमा पनि यातायातका साधन चलेका छैनन् । बन्दका कारण बुटवलको बजार , शिक्षण सस्था , कलकारखाना , कार्यालय लगायत पनि बन्द भएका छन् । माओवादीले नीजी अस्पताल र मेडीकल हलसमेत खुल्न नदिएपछि विरामीहरु मर्कामा परेका छन् । जनकपुर क्षेत्रका शैक्षिक संस्था र पसलहरु पनि बन्द छन् । विहानै देखी सवारी साधनहरु पनि चलेका छैन । जनकपुर नगर क्षेत्रमा फाट फुट मोटर र्साइकल चलेको देखिए पनि जीप कार जस्ता सवारी साधनहरु चलेका छैनन् । माओवादी कार्यकर्ताहरुले गए राति नगर क्षेत्रमा मसाल जुलुस पनि प्रदर्शन गरेका थिए ।पाल्पाको सिद्धार्थ लोकमार्ग र तानसेन तम्घास सडकमा सवारी साधन आइतवार विहानै देखि गुडेका छैनन् । तानसेन र ग्रामिण भेगका बजारहरु खुलेका छैनन् भने क्याम्पस, विद्यालय, कलकारखाना समेत बन्द छन् । माओवादी नेता तथा कार्यकर्ताहरुले शनिवार साझ मसाल जुलुस गरि आइतवारको बन्द सफल पार्न आग्रह गरे अनुसार बन्द भएको छ । पाल्पा तानसेनवाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन पनि चलेका छैनन् ।

source : ekantipur.com